Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

तारकेश्वरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

तारकेश्वरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बिहिवार , पौष १८, २०८१

काठमाडौं । काठमाडौंको तारकेश्वरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

तारकेश्वर नगरपालिका–७, महादेवखोलास्थित सडकमा बा३ख ३३४४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री झापाको दमक नगरपालिका घर भई तारकेश्वरमा बस्ने २५ वर्षीय सविना घलेको तीन वर्षीय छोरा दिप्सनकुमार धिमालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते धिमालको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्षले जनाएको छ ।

टिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077