Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीद्वारा बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री ओलीद्वारा बाल गायक सचिन परियारको निधनप्रति दुःख व्यक्त

बिहिवार , पौष १८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार निधन भएका बालगायक सचिन परियारप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत प्रधानमन्त्री ओलीले श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

साथै उनले पारिवारिक बेमेल र सामाजिक सञ्जालमा भाइरल प्रवृत्तिले यसमा असर गरेको बताए ।

'पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ,' उनले भनेका छन्।

सचिनको बिहीबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077