Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर चोरी

चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर चोरी

बुधवार , पौष १७, २०८१

काठमाडौं । कीर्तिपुर नगरपालिको चोभार स्वास्थ्य चौकीबाट ३ सेट कम्प्युटर र प्रिन्टर चोरी भएको छ ।

कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित चोभार स्वास्थ्य चौकीमा चोरी भएको हो । उक्त स्वास्थ्य चौकीमा भएका तीन थान कम्प्युटर सेट र एक थान प्रिन्टर चोरी भएको छ ।

कम्प्युटर र प्रिन्टर गरी करिब एक लाख २५ हजार रुपैयाँ बराबरका सामान सोमबार राति चोरी भएका हुन् ।

स्वास्थ्य चौकीकै कम्प्युटर र प्रिन्टर चोरीको उजुरी अहिले प्रहरी वृत्त कीर्तिपुरमा परेका छन् ।

स्वास्थ्य चौकीबाट सामान चोरी भएको भन्दै उजुरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077