Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

गैंडाको आक्रमणबाट मकवानपुरमा एक महिला घाइते

बुधवार , पौष १७, २०८१

मकवानपुर । गैंडाको आक्रमणबाट मकवानपुरमा एक जना महिला घाइते भएकी छन्।

पश्चिमी मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लामेदार मध्यवर्ती सामुदायिक वनमा गैंडाको आक्रमणमा परी ७० वर्षीया दिलमाया स्याङतान घाइते भएकी हुन् ।

वनमा घास काटन तथा गोबर टिप्न गएकी वृद्धा महिलाला गैंडाले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घाइते महिला चितवन जिल्ला राप्ती नगरपालिका–१, दुबिचौरकी हुन् ।

घाइते महिलाको हात, शरीर र निधारमा चोट लागेको छ ।

उनको स्वास्थ्य अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

घटनास्थल मकवानपुर र चितवनको सिमाना हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077