Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

परीक्षा बिग्रिएपछि एउटै विद्यालयका तीन छात्राले गरे विष सेवन, एकको मृत्यु

परीक्षा बिग्रिएपछि एउटै विद्यालयका तीन छात्राले गरे विष सेवन, एकको मृत्यु

मंगलवार , पौष १६, २०८१

महोत्तरी । महोत्तरीमा तीनजना विद्यार्थीले एकैसाथ विष सेवन गरेका छन् ।

परीक्षा बिग्रिएपछि बर्दिबास नगरपालिका-१० खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत उनीहरुले एकैसाथ विष सेवन गरेका हुन् ।

प्रहरीका अनुसार सिरहा धनगढीमाई नगरपालिका-१० घर भएकी १७ वर्षीया रिङ्कु शर्मा, उषा पण्डित र सन्जु यादव विष सेवन गरेका थिए ।

जसमध्ये रिङ्कु शर्माको मृत्यु भइसकेको छ भने उषा र सन्जुको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ । तीनै जना जियोमेट्री (अमिन) विषयको प्रथम वर्षका छात्रा हुन् ।

घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077