Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नालीमा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

नालीमा ट्याक्टर पल्टिँदा च्यापिएर चालकको मृत्यु

मंगलवार , पौष १६, २०८१

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका–१० पहलवानपुरका ३० वर्षीय विशाल चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका अनुसार मंगलबार बिहान साढे ३ बजे आलिताल गाउँपालिका–१ घण्टेश्वरमा ट्याक्टर दुर्घटना भएको हो ।

भीमदत्त राजमार्गअन्तर्गत साहुखर्कबाट गैरातर्फ आउँदै गरेको से २ त २४३१ नम्बरको ट्याक्टर अनियन्त्रित भएर नालीमा पल्टिँदा चालक चौधरी च्यापिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077