Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

मंगलवार , पौष १६, २०८१

मोरङ । मोरङमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

उनी सोमवार घाँस दाउराका लागि जङ्गल गएकी थिइन् । साँझसम्म घर नआएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको बताए ।

यस अघि पुस ५ गते सोही नगरपालिकाको वडा नं. ७ कि ४० वर्षीय गङ्गामाया मगरको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077