Online Nepal
  • शुक्रबार, १९ पुष २०८१
  • तराई र उपत्यकामा हुस्सु, कस्तो रहला देशभरको मौसम ?

    तराई र उपत्यकामा हुस्सु, कस्तो रहला देशभरको मौसम ?

    अनलाइन नेपाल
  • मंगलबार, १६ पुष २०८१
  • 120
    SHARES

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले नेपालको तराईका धेरै स्थान र उपत्यकाको केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउसो र राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ ।



    तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहने महाशाखाले जनाएको छ ।



    बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार