Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागीहरूको संख्या बढाउन निःशुल्क पेट्रोल वितरण !

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागीहरूको संख्या बढाउन निःशुल्क पेट्रोल वितरण !

सोमवार , पौष १५, २०८१

पर्सा । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी आमसभामा मान्छे ल्याउन निःशुल्क पेट्रोल वितरण गरेको खुलेको छ ।

आइतबार पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष एवं जनता समाजवादी पार्टीका नेता प्रदीप जयसवाल आइतबार एमाले पार्टी प्रवेश गरेका थिए ।

सखुवाप्रसौनीको औराहामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा जयसवाललगायत उनको समूहलाई पार्टीमा प्रवेश गराउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली आफैं उपस्थित थिए ।

उक्त कार्यक्रममा सहभागीहरूको संख्या बढाउन जनही दुई लिटरका दरले पेट्रोलको कुपन बाँडिएको बताइएको छ । जसको अहिले सामाजिक संजालमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077