Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना

नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल नजिक बस दुर्घटना

सोमवार , पौष १५, २०८१

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल नजिकै बस दुर्घटना भएको छ ।

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ८५५ १ नम्बरको बसले मधेश प्रदेश ०३–००२ ख २१५९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

बसमा सवार ६ यात्रु घाइते भएका छन् । घाइते यात्रुहरुलाई उपचारका लाग चितवनको भरतपुर पठाइएको र सबैको अवस्था खतरामुक्त रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बिग्रिएर सडक छेउँमा रोकिराखेको ट्रकको पछाडि आज बिहान करिब साढे ४ बजेतिर बस ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077