Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

पहाडी भेगमा आंशिक बदली, तराईमा हुस्सुको सम्भावना

सोमवार , पौष १५, २०८१

काठमाडौं । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसको प्रभावले बिहानपख पहाडी भेगहरुमा आंशिक बदली रहेको छ भने तराई र उपत्यकाका थोरै ठाउँहरुमा हुस्सु लागेको छ ।

दिउँसो र राति सबै ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबको तीन दिन पानी पर्ने सम्भावना छैन ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही ठाउँहरुमा हुस्सु लाग्नुका साथै तराईका केही ठाउँहरुमा कुहिरो लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077