Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’मनाइँदै

सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’मनाइँदै

सोमवार , पौष १५, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज 'पुसे पन्ध्र' पर्व मनाइँदै छ । आजको रात सबैभन्दा लामो हुने विश्वासमा ठूली रात मान्दै मिठा परिकार परिकार खाएर पर्व मनाउने चलन छ ।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीका अनुसार पुसे पन्ध्र सुदूरपश्चिम प्रदेशको मौलिक पर्व हो । ‘आजको रातलाई सबैभन्दा ठूलो मान्ने चलन यहाँ छ,’ उनले भने, ‘रातभर आगो बालेर जाग्राम बस्ने चलन छ ।

मिठा परिकार पनि खाने चलन छ । तरुल, पिँडालु, सखरखण्डलगायत कन्दमूलका साथै लाउन, बाबर, माणा, निसौसे, रोटलगायतका डोटेली खानाका परिकार खाने चलन छ ।’

डा. जोशीका अनुसार डोटेली लोकसंस्कृतिमा लोक कथा, दन्त्य कथा र बातै सुन्ने तथा सुनाउने पर्वको रूपमा पनि पुसे पन्ध्रलाई लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077