Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, परिवारका तीनजना बिरामी

मरेको कुखुराको मासु खाएपछि किशोरको मृत्यु, परिवारका तीनजना बिरामी

आइतवार , पौष १४, २०८१

अछाम । अछाममा मरेको कुखुराको मासु खाएपछि बिरामी भएका एक किशोरको मृत्यु भएको छ ।

अछाम प्रहरीका अनुसार जिल्लाको कमलबजार नगरपालिका-३ बयलाका १५ वर्षीय कमल बिकको आइतबार मृत्यु भएको हो । बिकले शुक्रबार स्थानीय मासु पसलबाट ल्याएको मरेको कुखुराको मासु खाएको थिए ।

मासु खाएपछि बिरामी भएका बिकको आइतबार मृत्यु भएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार कुखुराको मासु खाने मृतककी हजुरआमा ७० वर्षीय नाम बिक, उनकी १४ वर्षीय नातिनी सीता बिक र नाती ९ वर्षीय विकास बिक पनि बिरामी भएका छन् ।

उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनापछि अनुसन्धानका लागि प्रहरीले मासु पसल सञ्चालकलाई निगरानीमा राखेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077