Online Nepal
  • सोमबार, १५ पुष २०८१
  • सञ्चारमन्त्री गुरुङको गुनासो – पर्यटनमन्त्रीले पोखरा विमानस्थल सञ्चालनमा नल्याउनु दुःखको कुरा

    सञ्चारमन्त्री गुरुङको गुनासो – पर्यटनमन्त्रीले पोखरा विमानस्थल सञ्चालनमा नल्याउनु दुःखको कुरा

    अनलाइन नेपाल
  • आइतबार, १४ पुष २०८१
  • 147
    SHARES

    कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको भन्दै दुःख व्यक्त गरेका छन् ।

    पोखरामा शनिबारदेखि सुरु भएको २६ औँ सडक महोत्सवको उद्घाटन गर्दै नेपाल सरकारका प्रवक्तासमेत रहेका गुरुङले विमानस्थल सञ्चालनमा नआउनु दुःखको कुरा भएको बताएका हुन् ।



    उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका सम्बन्धमा सरकारले २० बुँदे कार्ययोजना पारित गरेको तीन महिना हुँदा पनि ती बुँदा कार्यान्वयन नभएको बताए ।



    २० बुँदे कार्ययोजना पारित भएको यति लामो समय हुँदा पनि कार्यान्वयन नभएकोमा आपत्ति प्रकट गर्दै मन्त्री गुरुङले त्यसको कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काम गर्नुपर्नेमा जोड दिए ।

    गुरुङले अन्तर्राष्ट्रिय उडान सञ्चालनका सन्दर्भमा स्वास्थ्य परीक्षण, ‘भिसा’ अनुमति, सामान आयात–निर्यातका लागि भन्सारलगायत सम्बन्धित कामहरू सम्बन्धित अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुनुपर्नेमा जोड दिए । त्यसका लागि सम्बन्धित मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले व्यवस्था मिलाउनु पर्ने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार