Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घे नेपालमा

शनिवार , पौष १३, २०८१

काठमाडौं । श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे शनिबार नेपाल भ्रमणमा आएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार उनी निजी भ्रमणका लागि नेपाल आएका हुन् । आज बिहान ११ः५५ बजे काठमाडौ अवतरण गरेका पूर्व राष्ट्रपति विक्रमासिङ्घे आजै अपराह्न लुम्बिनीका लागि प्रस्थान गरेका छन् ।

मन्त्रालयले उनलाई पूर्वराष्ट्रपतिका रूपमा सामान्य शिष्टाचार र सुरक्षाको प्रबन्ध गरेको छ । अन्य भेटघाट र भ्रमण उनले आफ्नै हिसाबले गर्ने जनाइएको छ।

पूर्व राष्ट्रपति विक्रमासिङ्घेले नेपाल भ्रमणका क्रममा लुम्बिनी र कपिलवस्तुमा पूजा, अवलोकन र भेटवार्ता गर्ने कार्यक्रम छ। भ्रमण सम्पन्न गरी उनी यही पुस १७ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077