Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

माओवादीले ध्वस्त गरेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा उड्यो तारा एयर !

माओवादीले ध्वस्त गरेको ३२ वर्षपछि कमलबजार विमानस्थलमा उड्यो तारा एयर !

शनिवार , पौष १३, २०८१

अछाम । अछामको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ ।

तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको विमानस्थलमा ३२ वर्षपछि परीक्षण उडान भएको हो । शनिबार तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाए ।

२०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको विमानस्थलको रिपिटर टावर ध्वस्त भएपछि परीक्षण उडानसमेत भर्न नपाउँदै बन्द भएको थियो ।

निर्माण सुरु भएको लामो समयसम्म गति लिन नसकेको विमानस्थलमा आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटले विमानस्थलमा ग्राभेल गरिएपछि परीक्षण उडान भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077