Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना

चितवन जाँदै गरेको हाइस धादिङमा दुर्घटना

शुक्रवार , पौष १२, २०८१

धादिङ । धादिङमा हाइस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

धादिङ प्रहरीका अनुसार काठमाडौंबाट चितवन जाँदै गरेको बा २ ख २८२९ नम्बरको हाइस दुर्घटना हुँदा १६ जना घाइते भएको हो ।

शुक्रबार दिउँसो ३ः३५ बजेतिर धादिङको गल्छी गाउँपालिका-८ गल्छी मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ । हाइसमा १६ जना यात्रु सवार रहेकोमा चालकसहित १६ जना घाइते भएका हुन् ।

घाइतेहरूलाई उपचारका लागि अम्बेभरोसा अस्पताल गल्छी पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077