Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

‘मेरो एक्सिडेन्ट होस्, हस्पिटल पुर्‍याउने जिम्मा तिम्रो होस्’ भन्दै टिकटक हालेको २ दिनमै युवकको मृत्यु

‘मेरो एक्सिडेन्ट होस्, हस्पिटल पुर्‍याउने जिम्मा तिम्रो होस्’ भन्दै टिकटक हालेको २ दिनमै युवकको मृत्यु

शुक्रवार , पौष १२, २०८१

धनगढी । धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

कैलाली प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै ६ लेन सडकखण्डमा सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्रीको मृत्यु भएको हो ।

खत्री सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकल मा पछाडि सवार रहेका थिए । गम्भीर अवस्थामा रहेका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराले जानकारी दिए ।

उनी पेशाले स्वास्थ्यकर्मी भएको खुलेको छ । खत्रीले दुई दिनअघि आफ्नो टिकटक अकाउन्टमा आफ्नो ठूलो दुर्घटना होस् भन्दै मोटरसाइकलमा सवार भिडियो समेत हालेको पाइएको छ ।

‘एकदिन मेरो ठूलो एक्सीडेन्ट होस् । म जीवन र मृत्युसँग लडिरहदा मलाई हस्पिटल पुगाउने जिम्मा तिमीलाई दिइयोस् अनि तिमीसँग डाक्टरले भनोस् की आइएम सरी मैले हजुरको मान्छे बचाउन सकिन तब तिमीलाई मेरो मायाको आभास हुुनेछ,’ खत्रीले भिडियो पोष्ट गरेका छन् ।

उक्त मोटरसाइकल डोटीको शिखर नगरपालिका–११ बस्ने २५ वर्षीय शर्मिला थापाले चलाएकी थिइन । उनी घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ ।  उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

पछाडिबाट ठक्कर दिने अर्को मोटरसाइकलका चालक धनगढी उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय पुरन शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शाहलाई दुर्घटनामा परेका दुवै मोटरसाइकलसहित जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077