Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

स्कुटरमा सवार दुई जनाको भिरबाट खसेर मृत्यु

स्कुटरमा सवार दुई जनाको भिरबाट खसेर मृत्यु

बिहिवार , पौष ११, २०८१

गुल्मी । गुल्मीमा स्कुटर दुर्घटना हुँदा भिरबाट खोलामा खसेका दुई जनाको मृत्यु भएको छ।

बिहीबार बेलुका पाँच बजेतिर लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–६ का ४० वर्षीय किरण थापा र ३२ वर्षीय विनोद विक भिरबाट झन्डै दुई सय मिटरमुनि सिस्ने खोलामा खसेका थिए ।

स्कुटर सडकछेउमै आड लागेर पल्टिए पनि त्यसमा सवार दुवै जना भिरबाट खोलामा खस्न पुगेका हुन् ।

दुवै जना च्युरेनी भिरबाट झन्डै दुई सय मिटर तल सिस्ने खोलामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुवैलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077