Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

चौरपाटी गाउँपालिकाको निर्देशन - सडक छेउमा रहेका संरचना ३० दिन भित्र हटाउनू

चौरपाटी गाउँपालिकाको निर्देशन - सडक छेउमा रहेका संरचना ३० दिन भित्र हटाउनू

बिहिवार , पौष ११, २०८१

अछाम । अछामको चौरपाटी गाउँपालिकाले निर्माणाधीन निर्वाचन क्षेत्र रणनीतिक सडक छेउमा रहेका संरचना हटाउन निर्देशन दिएको छ ।

बिहीबार एक सूचना जारी गर्दै गाउँपालिका अन्तर्गत निर्माणाधीन निर्वाचन क्षेत्र रणनीतिक सडक चौरपाटी गाउँपालिका-४ पायल चित्रेदेखि वडा नम्बर २ सोकट नारिदांगसम्म सडक छेउमा रहेको संरचना हटाउन निर्देशन दिइएको हो ।

सडक डिभिजन कार्यालय साँफेबगरबाट निर्माण ठेक्का भई उक्त सडक निर्माण भइरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत
नरबहादुर खड्काले जानकारी दिए ।

उनले सडक मापदण्ड अनुसार सडकको बीच केन्द्रदेखि ५-५ मिटर दाँया-बाँया जम्मा १० मिटरभित्र पर्ने घरटहरा लगायत अन्य संरचना सूचना प्रकाशित भएको ३० दिन भित्र हटाई सहयोग गरिदिन अनुरोध गरे ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत नरबहादुर खड्काद्धारा जारी सूचनामा भनिएको छ, 'संघिय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन, साँफेबगर, अछाम मिति २०८१/०८/२५ को प्राप्त पत्रानुसार र चौरपाटी गाउँपालिका गाउँकार्यपालिकाको मिति २०८१/०९/०४ गतेको निर्णय अनुसार यस चौरपाटी गाउँपालिका अन्तर्गत निर्माणाधीन निर्वाचन क्षेत्र रणनीतिक सडक चौरपाटी गा.पा. ०४ पायल चित्रेदेखि वार्ड नं. १ हुँदै वडा नम्बर २ सोकट नारिदांगसम्म निर्माण गरिने सडक, सडक डिभिजन कार्यालय साँफेबगर बाट निर्माण ठेक्का भई निर्माण भई रहेको सन्दर्भमा चौरपाटी गा.पा. ०४ पायलको चित्रेदेखि झाड बजार, चिरकिट्टे, कृष्णनगर क्षेत्र चौरपाटी गा.पा. वडा नम्बर १ चौरपाटी बजारदेखि गैरिलेक, पातल र चौरपाटी गा.पा. वडा नम्बर ०२ पतल गाडदेखि कठाल, चौपाया, मुली, मानिगडा, विसगडा, रायखोज, बगरखान, नाउलीकोट हुँदै नारिदांग सम्म सडक विस्तार गरिने भएको हुँदा सडक मापदण्ड अनुसार सडकको बीच केन्द्रदेखि ५-५ मिटर दाँया-बाँया जम्मा १० मिटर भित्र पर्ने घर टहरा लगायत अन्य संरचना यो सूचना प्रकाशित भएको ३० दिन भित्र हटाई सहयोग गरि दिन हुन अनुरोध छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077