Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्वोच्चको अन्तरिम आदेश - ओलम्पिक कमिटीको निर्वाचन नगराउनू

सर्वोच्चको अन्तरिम आदेश - ओलम्पिक कमिटीको निर्वाचन नगराउनू

बिहिवार , पौष ११, २०८१

काठमाडौं । सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटीको निर्वाचन लगायतका कुनै पनि कार्य नगर्नू, नगराउनू भनी अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले बिहीबार नेपाल ओलम्पिक कमिटीसहित सबै विपक्षीको नाममा यस्तो आदेश जारी गरेको हो ।

कमल बहादुर चित्रकारले नेपाल ओलम्पिक कमिटीको निर्वाचन रोक्न माग गर्दै रिट दायर गरेका थिए । साथै, कारण देखाऊ आदेश समेत जारी गरेको छ ।

सरकारले यसअघि नेपाल ओलम्पिक कमिटीको निर्वाचन प्रक्रियामा रोक लगाएको थियो । अदालतको अन्तरिम आदेशविपरीत साधारणसभा गरी उम्मेदवारी मनोनयन अगाडि बढाएपछि प्रहरीले त्यसमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077