Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सरकारको निर्णयअनुसार काटिएको लाइन जोड्दै जान्छौँ : कुलमान घिसिङ

सरकारको निर्णयअनुसार काटिएको लाइन जोड्दै जान्छौँ : कुलमान घिसिङ

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रिपरिषद्को निर्णयअनुसार काटिएको लाइन जोड्दै जाने बताएका छन् ।

प्राधिकरणको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

कानुनअनुसार गरिएको कारबाही मन्त्रिपरिषद्, मन्त्रीस्तरीय र विद्युत नियमन आयोगको निर्णयअनुसार फुकुवा गरिँदै आएको उनले बताए ।

लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत लिएका उद्योगले बक्यौता नतिरेको हुँदा प्राधिकरणले कानुन अनुसार लाइन काटेको कार्यकारी निर्देशक घिसिङले बताए ।

उनले विद्युत काटिएका उद्योगमा २४ घण्टाभित्र लाइन जोड्ने बताए । पटकपटक ताकेता गर्दा पनि उद्योगहरूले बक्यौता तिर्न अस्वीकार गरेको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077