Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज पक्राउ, धमला पनि सिआइबीमा

निर्मला पन्त प्रकरणको प्रत्यक्षदर्शी दाबी गर्ने नवराज पक्राउ, धमला पनि सिआइबीमा

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी रहेको भन्दै टेलिभिजनमा अन्तर्वार्ता दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले टेलिभिजनबाट निर्मला पन्त हत्या प्रकरणमा गलत विवरणसहित दुष्प्रचार गरेको भन्दै गोरखा घर भई काठमाडौं बस्ने नवराज अर्याललाई पक्राउ गरेको हो ।

अर्यालले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी बताएका थिए ।

अन्तरवार्ताका प्रस्तोता पत्रकार ऋषि धमला पनि सिआइबी कार्यालय उपस्थित भएका छन्।

धमला प्रस्तोता रहेको अन्तर्वार्ताकै क्रममा अर्यालले आफू प्रत्यक्षदर्शी भएको र अभियुक्त को हो भन्नेसमेत थाहा भएको दाबी गरेका थिए।

आफू खानेपानी विभागको सवारी चालक रहेको दाबी गर्ने अर्यालले आफू कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको झुठो विवरण अन्तर्वार्तामा दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077