Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउने, मानार्थ महारथीको सम्मान दिइने

भारतीय सेनाध्यक्ष द्विवेदी नेपाल आउने, मानार्थ महारथीको सम्मान दिइने

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी आगामी मङ्सिर ५ गते नेपाल भ्रमणमा आउन लागेका हुन्।

उनले मंसिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमण गर्ने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी नेपाल आउन लागेका हुन् ।

उनलाई मंसिर ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।

नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन रहेकाले सोही दर्जा ग्रहणका लागि भारतीय सेनाप्रमुख नेपाल आउन लागेका हुन्।

भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077