Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

आत्मसमीक्षासहित उपनिर्वाचनमा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन

आत्मसमीक्षासहित उपनिर्वाचनमा जान कार्यकर्तालाई प्रचण्डको निर्देशन

बुधवार , कार्तिक २८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।

स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त निर्देशन दिएका हुन् ।

उनले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान आग्रह गरे।

अध्यक्ष प्रचण्डले भने,‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं । हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।’

अन्य दलभन्दा माओवादी फरक शक्ति हो र सरकारमा भएकोमा बेला माओवादीले हरेकपटक रुपान्तरणकारी काम गरेको जनतालाई बुझाउनु पर्ने अध्यक्ष प्रचण्डले बताए ।

समय सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा माओवादीले थालेको अभियान ऐतिहासिक थियो भनेर जनताले बुझिसकेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान उनले आग्रह गरे।

यसपटकको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रको जितको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले दाबी गरे।

नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण विष्टलाई अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077