Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सार्वजनिक चौतारा संरक्षणमा जुट्यो धनगढी उपमहानगर, पारिए रङरोगनसहित चिटिक्क !

    सार्वजनिक चौतारा संरक्षणमा जुट्यो धनगढी उपमहानगर, पारिए रङरोगनसहित चिटिक्क !

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 57
    SHARES

    कैलाली । कैलालीको धनगढीमा सार्वजनिक चौताराहरूमा रङ लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले १९ वटै वडाका सार्वजनिक चौतारामा रङ लगाउन थालेको हो ।

    विकासका नाउँमा होस या संरक्षण नहुँदा सार्वजनिक चौताराहरु नाश हुँदै जान थालेपछि संरक्षण गर्न लागिएको बताइएको छ ।
    मानवजीवनका लागि चौतारा आवश्यक महसुस गरी रङरोगनसहित चिटिक्क पारेर संरक्षणको अभियान थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।



    उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक चौतारामा झार उखल्ने, भत्केका पाटी मर्मत गर्ने र रङरोगन गर्ने अभियान नै सञ्चालन गरी पहल थालेपछि धनगढीका चौतारा पुनः सफा र चिटिक्क भई बस्नलायक भएका छन् ।



    धार्मीकरुपमा पनि महत्वपूर्ण मानिएको बरपिपलका चौतारालगायतका चौताराहरु विस्तारै नासिँदै जान थालेकोमा यहाँका बुढापाका चिन्तित थिए ।

    धनगढी उपमहानगरपालिकाले पछिल्लो समय संरक्षण अभावमा अस्तित्व संकटमा पर्दै गएका सार्वजनिक चौताराका संरक्षण गर्ने अभियान थालेपछि उनीहरु खुसी भएका छन् ।

    बाटो हिँड्दा, थकाइ लाग्दा थकाइ मेटाउन, भारी बिसाउन, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरे पनि हाल त्यसतर्फ चासो कमी हुदै गएपछि चौतारा संरक्षणबिहीन हुदै गएका थिए ।

    तर अहिले त्यसको संरक्षणमा धनगढी महानगर जुटेको हो । अहिलेसम्म ५० भन्दाबढी चौताराहरूमा रङ लगाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार