Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

सार्वजनिक चौतारा संरक्षणमा जुट्यो धनगढी उपमहानगर, पारिए रङरोगनसहित चिटिक्क !

सार्वजनिक चौतारा संरक्षणमा जुट्यो धनगढी उपमहानगर, पारिए रङरोगनसहित चिटिक्क !

बुधवार , कार्तिक ७, २०८१

कैलाली । कैलालीको धनगढीमा सार्वजनिक चौताराहरूमा रङ लगाउन थालिएको छ । धनगढी उपमहानगरपालिकाले १९ वटै वडाका सार्वजनिक चौतारामा रङ लगाउन थालेको हो ।

विकासका नाउँमा होस या संरक्षण नहुँदा सार्वजनिक चौताराहरु नाश हुँदै जान थालेपछि संरक्षण गर्न लागिएको बताइएको छ ।
मानवजीवनका लागि चौतारा आवश्यक महसुस गरी रङरोगनसहित चिटिक्क पारेर संरक्षणको अभियान थालिएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले १९ वटै वडामा रहेका सार्वजनिक चौतारामा झार उखल्ने, भत्केका पाटी मर्मत गर्ने र रङरोगन गर्ने अभियान नै सञ्चालन गरी पहल थालेपछि धनगढीका चौतारा पुनः सफा र चिटिक्क भई बस्नलायक भएका छन् ।

धार्मीकरुपमा पनि महत्वपूर्ण मानिएको बरपिपलका चौतारालगायतका चौताराहरु विस्तारै नासिँदै जान थालेकोमा यहाँका बुढापाका चिन्तित थिए ।

धनगढी उपमहानगरपालिकाले पछिल्लो समय संरक्षण अभावमा अस्तित्व संकटमा पर्दै गएका सार्वजनिक चौताराका संरक्षण गर्ने अभियान थालेपछि उनीहरु खुसी भएका छन् ।

बाटो हिँड्दा, थकाइ लाग्दा थकाइ मेटाउन, भारी बिसाउन, पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरे पनि हाल त्यसतर्फ चासो कमी हुदै गएपछि चौतारा संरक्षणबिहीन हुदै गएका थिए ।

तर अहिले त्यसको संरक्षणमा धनगढी महानगर जुटेको हो । अहिलेसम्म ५० भन्दाबढी चौताराहरूमा रङ लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077