Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

चितवनको सिडिओमा पौडेल, अध्यागमन विभागमा रिजाल

चितवनको सिडिओमा पौडेल, अध्यागमन विभागमा रिजाल

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । चितवनको प्रमुख जिल्ला अधिकारी चार महिनामै फेरिएका छन् ।

त्यहाँ कार्यरत इन्द्रदेव यादबलाई हटाएर सहसचिव प्रकाश पौडेललाई खटाइएको छ ।  पौडेल गृह मन्त्रालयमा जिम्मेवारीविहिन थिए ।

त्यस्तै, अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई पठाइएको छ । रिजाल पनि मन्त्रालयमा जिम्मेवारीविहिन थिए ।

अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको गत शुक्रबार सञ्चार मन्त्रालयमा सरुवा भएको थियो ।

रिजाल यसअघि काठमाडौंको सिडिओ भइसकेका सिनियर सहसचिव हुन्।

मन्त्रालयमा अझै १० सहसचिवले जिम्मेवारी पाएका छैनन् । तराईका जिल्लाहरुमा जान तिव्र टक्कर हुँदा सरुवाको निर्णय हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077