Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चितवनको सिडिओमा पौडेल, अध्यागमन विभागमा रिजाल

    चितवनको सिडिओमा पौडेल, अध्यागमन विभागमा रिजाल

    अनलाइन नेपाल
  • बुधबार, ७ कार्तिक २०८१
  • 1.3K
    SHARES

    काठमाडौं । चितवनको प्रमुख जिल्ला अधिकारी चार महिनामै फेरिएका छन् ।

    त्यहाँ कार्यरत इन्द्रदेव यादबलाई हटाएर सहसचिव प्रकाश पौडेललाई खटाइएको छ ।  पौडेल गृह मन्त्रालयमा जिम्मेवारीविहिन थिए ।



    त्यस्तै, अध्यागमन विभागको महानिर्देशकमा गोविन्द रिजाललाई पठाइएको छ । रिजाल पनि मन्त्रालयमा जिम्मेवारीविहिन थिए ।



    अध्यागमन विभागका महानिर्देशक कोशहरी निरौलाको गत शुक्रबार सञ्चार मन्त्रालयमा सरुवा भएको थियो ।

    रिजाल यसअघि काठमाडौंको सिडिओ भइसकेका सिनियर सहसचिव हुन्।

    मन्त्रालयमा अझै १० सहसचिवले जिम्मेवारी पाएका छैनन् । तराईका जिल्लाहरुमा जान तिव्र टक्कर हुँदा सरुवाको निर्णय हुन नसकेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार