Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

बुधवार , कार्तिक ७, २०८१

काठमाडौं । ललितपुरको माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् ।

बागमती गाउँपालिका–३ माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077