Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित

भिस्टारा एयरको विमानमा बम रहेको हल्ला ‘फेक’ सावित

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । भिस्टारा एयरको विमानमा शंकास्पद बस्तु नभएको पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार चेकजाँचमा कुनै शंकास्पद् बस्तु फेला नपरेको हो ।

एक भारतीय नागरिकले ह्वाट्सएपमा विमानभित्र बम रहेको धम्कीपूर्ण मेसेज पठाएपछि सुरक्षाकर्मीहरूले विमानको कडा निगरानीसहित सर्च अपरेसन सञ्चालन गरेका थिए।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जहाजभित्र सर्च गरेको थियो भने हरेक यात्रुको बडी समेत चेकजाँच गरिएको थियो । प्रारम्भिक छानबिन र सर्चपछि कुनै शंकास्पद वस्तु फेला नपरेको बताइएको छ ।

शंकास्पद् बस्तु फेला नपरेपछि भिस्टारा एयरलायन्सको विमान नयाँ दिल्ली फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077