Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान

बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत प्रदान

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । सरकारले बाढीपहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ।

गृह मन्त्रालयले गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको हो।

विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको छ। विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन्।

पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको गृह मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको छ ।

काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ मृतक परिवारले राहत पाएका छन् ।

त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ ।

विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077