Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

स्कुल बसको ठक्करबाट धनुषामा एक विद्यार्थीको मृत्यु

स्कुल बसको ठक्करबाट धनुषामा एक विद्यार्थीको मृत्यु

मंगलवार , कार्तिक ६, २०८१

धनुषा । स्कुल बसको ठक्करले धनुषामा विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ।

धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा पढ्ने ११ वर्षीया आरोही कुमारी मण्डलको मृत्यु भएको हो।

मंगलबार बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कुलको बसले गाउँकै अर्को विद्यालय पढ्न जाँदै गरेकी आरोहीलाई ठक्कर दिएको धनुषा प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077