Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिज्म च्याम्पियन' अवार्ड

उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिज्म च्याम्पियन' अवार्ड

मंगलवार , कार्तिक ६, २०८१

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले दाङकी उर्मिला चौधरीलाई 'ग्लोबल एन्टी रेसिज्म च्याम्पियन'बाट सम्मान गरेको छ।

सामाजिक अभियन्ता चौधरी ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी हुन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गरेका थिए ।

हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएकी हुन्। उनले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आएकी छन्।

जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उनले गरेको उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077