Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीमा बगिरहेकालाई बचाएका चणिकलाल सम्मानित, ललितपुर महानगरले दियो १ लाख !

बाढीमा बगिरहेकालाई बचाएका चणिकलाल सम्मानित, ललितपुर महानगरले दियो १ लाख !

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । ललितपुर महानगरपालिकाले नख्खु खोलामा आएको बाढीमा बगिरहेका दुई जनालाई बचाएका चणिकलाल तामाङलाई नगदसहित सम्मान गरेको छ ।

बुधवार महानगरमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले तामाङलाई एक लाख रुपैयाँ नगदसहित सम्मानपत्र गरेका हुन् ।

यसअघि महानगरको कार्यपालिकाको पछिल्लो बैठकले तामाङलाई सम्मानसहित पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

तामाङले असोज १२ गते नख्खु खोलामा आएको बाढीमा बगेका दुई जनाको उद्धार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077