Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आज रातिदेखि खुल्दैछ डिभी, यसरी भर्नुहोस्

आज रातिदेखि खुल्दैछ डिभी, यसरी भर्नुहोस्

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । सन् २०२६ को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ ।

नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटदेखि आवेदन लिन सुरु गरिने काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ ।

एउटा व्यक्तिले एउटा मात्र आवेदन दिनुपर्ने र एक भन्दा बढी आवेदन दिए अयोग्य ठहरिनेछन् ।

डिभीको लागि आवेदन कात्तिक २१ गते राति १०ः४५ बजेसम्म दिन सकिनेछ। डिभी भर्नका लागि कुनै पनस शुल्क नलाग्ने पनि दूतावासले जनाएको छ।

यसका लागि कुनै पनि कन्सल्टेन्टको पनि आवश्यक नपर्ने र सहयोग नलिन पनि सुझाव दिएको छ।

कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077