Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ७७ करोडको सेयर किनबेच

नेप्सेमा दोहोरो अंकको गिरावट, ६ अर्ब ७७ करोडको सेयर किनबेच

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । लगातार दुई दिन १६० अंकले बढेको सेयर बजार परिसूचक नेप्सेले बुधबार २६ अंक गुमाएको छ।

बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा बन्द भएको हो । अघिल्लो दिन नेप्से परिसूचक ११४ अंकले बढेर २६२३.५६ विन्दुमा पुगेको थियो।

सो दिन ७ अर्ब माथिको कारोबार भएको थियो। नेप्से घटेसँगै कारोबार रकम पनि मंगलबारको तुलनामा घटेको छ।

यसदिन ३१० स्क्रिप्सको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता सेयर ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८८१ रुपैयाँमा खरिदबिक्री भए।

कारोबार रकमका आधारमा यसदिन नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २० करोड ७१ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

यसैगरी हिमालयन रिइन्स्योरेन्सको १७ करोड मूल्य बराबरको कारोबार हुँदा गुडविल फाइनान्स,नेपाल बैंकको १५/१५ करोड मूल्यको सेयर कारोबार भयो।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त समूहको परिसूचक १.७५ प्रतिशतले बढेको छ भने सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077