Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृह मन्त्रालयको कार्यदल

बाढीपहिरो प्रभावित क्षेत्रमा खटियो गृह मन्त्रालयको कार्यदल

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । गृह मन्त्रालयले गठन गरेको कार्यदल बाढी पहिरो प्रभावित क्षेत्रमा खटिएको छ ।

वर्षाका कारण प्रभावित आठ जिल्लामा खोज, उद्दार र राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न गठित कार्यदलका संयोजकहरू फिल्डमा खटिएका हुन् ।

आवश्यक कार्यदेशसहित प्रभावित जिल्लामा आठ जना सहसचिव बुधबार खटिएको गृहसचिव गोकर्णमणि दुवाडीले बताए।

बाढीपहिरो प्रभावित जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा खटाइएको हो।

गृह मन्त्रालयका अनुसार काठमाडौंमा गोबिन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ।

कार्यदललाई बाढी-पहिरोबाट प्रभावितहरूको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण गर्ने, मानवीय र भौतिक क्षतिको संक्षिप्त विवरण तयार गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने, क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने र विपद् पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने कार्यदेश दिइएको छ।

कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन्।

कार्यदललाई आगामी असोज २१ गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्न समयावधी दिइएको छ। साथै कार्यदलले दैनिक रूपमा पनि प्रभावित ठाउँबाट जिल्लाको विपदको वस्तुस्थितीका बारेमा केन्द्रमा जानकारी समेत गराउने छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077