Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

झ्याप्ले खोलामा पहिरो पन्छाएर पुनः खोजी सुरु, थप गाडी पुरिएको हुनसक्ने आशंका

झ्याप्ले खोलामा पहिरो पन्छाएर पुनः खोजी सुरु, थप गाडी पुरिएको हुनसक्ने आशंका

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।

पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिरको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो।

दुईवटा माइक्रोबस र एक बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटो पुनः पन्छाएर खोजी गर्न थालिएको प्रहरीले जनाएको छ।

पहिरोमा अहिले कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।

सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ ।

झ्याप्लेखोलामामा गोरखाबाट आएको एउटा बस, बुटवल र चितवनबाट आएका दुई वटा माइक्रोबस पुरिँदा ३५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077