Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु

बुधवार , आश्विन १६, २०८१

हुम्ला । माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हुम्लाको ताँजाकोट गाउँपालिका-३ रामका २५ वर्षीय धुव्र शाही र सोही स्थानकी २४ वर्षकी मनसुरा शाही रहेकी छन् ।

घरभन्दा आधा घण्टाको दूरीमा रहेको औलको सियाणी खोलामा माटो खन्न गएका उनीहरूको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरूसँगै गएका अर्का स्थानीय लालबहादुर शाही सामान्य घाइते भएका छन् ।

आज बिहान दसैंका लागि घर सजावट गर्ने सेतो कमेरो माटो खन्ने क्रममा ढिस्कोले पुरिएर उनीहरूको ज्यान गएको हो ।

मृतकको शव पनि पोस्टमार्टमका लागि स्थानीय स्वास्थ्य संस्थामै राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077