Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आफ्नो तलब बाढीपहिरो पीडितलाई दिने अख्तियारका आयुक्तहरूको घोषणा

आफ्नो तलब बाढीपहिरो पीडितलाई दिने अख्तियारका आयुक्तहरूको घोषणा

बुधवार , आश्विन १६, २०८१

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तलगायत सबै कर्मचारीहरूले सात दिनको तलब बाढीपहिरो पीडितलाई दिने भएका छन्।

अख्तियारका आयुक्त, सचिव, सहसचिव, उपसचिव लगायत कर्मचारीहरूले तलबबापत बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले एक विज्ञप्ति जारी गर्दै बाढीपहिरो पीडितहरूलाई केही दिनको तलबबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको बताए ।

प्रमुख आयुक्तरआयुक्तहरूले आफ्नो सात दिनको तलब बाढीपहिरो पीडितको सहयोगका लागि दिने भएका हुन्।

अख्तियारमा प्रमुख आयुक्त एक जना र चार जना आयुक्तहरू छन्।

त्यस्तै सचिवले पाँच दिनको, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहरूको दुई दिन र अन्य कर्मचारीहरूको एक दिनको तलब बराबरको रकम प्रदान गर्ने भएको हो।

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने अख्तियारले निर्णय गरेको प्रवक्ता घिमिरेले बताए।

गत शनिबार आएको बाढीपहिरोले काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, धादिङ लगायत जिल्लामा असर परेको छ। बुधबारसम्म २२८ जनाको मृत्यु भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077