Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु

    बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १६ असोज २०८१
  • 129
    SHARES

    फाइल तस्विर

    विराटनगर । मोरङको बेलबारी नगरपालिका–३ मा बस र बोलेरो ठोक्किँदा बोलेरो चालकको ज्यान गएको छ ।

    मंगलबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख १४९० नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा बेलबारी–९ बाहुनीका ३६ वर्षीय कृष्ण थापाको ज्यान गएको हो ।



    न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनापछि बस चालक फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार