Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

वैकल्पिक मार्ग दिक्तेल–काठमाडौं बस सेवा

वैकल्पिक मार्ग दिक्तेल–काठमाडौं बस सेवा

बुधवार , आश्विन १६, २०८१

खोटाङ । खोटाङ यातायात प्रालिले तत्कालका लागि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौंडा हुँदै काठमाडौंसम्मको नियमित बस सेवा सञ्चालन गर्ने भएको छ ।

दसैँको पूर्वसन्ध्यामा बाढीपहिरोले मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–घुर्मी–खुर्कोट हुँदै काठमाडौं आवतजावत गर्ने सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गका रुपमा असोज–१६ गतेदेखि दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिबास–हेटौँडा हुँदै काठमाडौंसम्मको बस सेवा सञ्चालन हुने भएको हो ।

क्षतिग्रस्त सडक तत्काल सञ्चालनमा आउने सम्भावना नदेखिएपछि वैकल्पिक रूपमा दिक्तेलबाट घुर्मी–सिन्धुली–बर्दिवास–हेटौँडा हुँदै काठमाडौंसम्मको बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए ।

दिक्तेलबाट काठमाडौं तथा काठमाडौंदेखि दिक्तेलसम्मको एकतर्फी भाडाप्रति व्यक्ति दुई हजार पाँच सय तोकिएको खोटाङ यातायात प्रालिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077