Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

आयोगका प्रमुख आयुक्त र आयुक्तले ७ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तले सरकारको राहत कोषमा सात दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् ।

आयोगले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी पहिरोमा परी दिवङ्गत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो ।

बाढी पहिरोबाट पुगेको अकल्पनीय क्षतिबाट पीडितहरूलाई राहत प्रदान गर्न सहयोग पुऱ्याउनका लागि आयोगका प्रमुख आयुक्त र आयुक्तहरूको ७ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरूलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077