Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन राज्य व्यवस्था समितिको निर्देशन

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन राज्य व्यवस्था समितिको निर्देशन

मंगलवार , आश्विन १५, २०८१

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो प्रभावितलाई राहतको काम तदारुकताका साथ अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबारको समिति बैठकले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेपछि बाढीपहिरो र डुबानका कारण मुलुकमा भएको क्षतिको विश्लेषण गर्दै यस्तो निर्देशन दिएको हो ।

सुशासन समितिले राजमार्गहरुमा अलपत्र परेका यात्रुहरुलाई तत्काल उद्धार गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

राहत तथा उद्धारमा तदारुकता देखाउन, हवाई भाडा बढ्न नदिन र राजमार्गहरु सुचारु गर्न समेत समितिले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077