Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पूर्वी नेपालबाट भित्रँदैछ अर्को प्रणाली, भोलीबाट फेरि देशभर पानी पर्ने सम्भावना

    पूर्वी नेपालबाट भित्रँदैछ अर्को प्रणाली, भोलीबाट फेरि देशभर पानी पर्ने सम्भावना

    अनलाइन नेपाल
  • मंगलबार, १५ असोज २०८१
  • 333
    SHARES

    काठमाडौं । आज अपराह्नबाट पूर्वी नेपालतर्फबाट अर्को प्रणाली भित्रने पूर्वानुमान गरिएको छ ।

    मौसमविद्लेका अनुसार मनसुन बाहिरिनुपर्ने सिजनमा पूर्वी भेगबाट पुनः वर्षा सुरू हुन लागेको हो ।



    मंगलबार अपराह्नदेखि फेरि अर्को मौसमी प्रणालीले पूर्वी नेपालबाट प्रवेश गर्न लागेको मौसमविद्ले बताएका छन् । घटस्थापनाको दिनसम्म पानी पर्ने सम्भावना रहेको बताइएको छ ।



    हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरिएको छ तर केही क्षेत्रमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको छ ।

    गत बिहीबारदेखि शनिबारसाँझसम्म बंगालको खाडीबाट विकास हुँदै आएको न्यूनचापीय प्रणालीका कारण घनघोर वर्षा भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार