Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा अर्थ र स्वास्थ्यमन्त्रीबीच छलफल

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा अर्थ र स्वास्थ्यमन्त्रीबीच छलफल

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्यमन्त्रीबीच छलफल भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच अस्पताल निर्माण प्रक्रिया अघि बढाउनेबारे छलफल भएको हो ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधा सम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको छ।

परामर्शदाताले नेपालको आवश्यकता अनुसारको विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि भक्तपुरको दुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन्न अस्पताल निर्माणलाई अघि बढाउने सहमति भएको छ ।

नेपालीले विदेशमा उपचार गर्न जानु नपर्ने गरी सबै प्रकारको सुविधासहित अन्तर्राष्ट्रिय स्तरको अस्पताल निर्माण आवश्यक भएकाले वीर अस्पताललाई थप विस्तार गर्न लागिएको स्वास्थ्यमन्त्री पौडेलले बताए ।

स्वास्थ्यमन्त्री पौडेलले परामर्शदाता छनोट भई विस्तृत परियोजना प्रस्ताव तयार पारेपछि अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077