Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

श्रीलंकाका लागि प्रस्तावित राजदूतको स्नातक पासको प्रमाणपत्र भेटिएन

श्रीलंकाका लागि प्रस्तावित राजदूतको स्नातक पासको प्रमाणपत्र भेटिएन

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । श्रीलंकाका प्रस्तावित राजदूतको शैक्षिक योग्यताका प्रमाणपत्र नभेटिएपछि संसदीय सुनुवाइ समितिमा हंगामा भएको छ ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि हंगामा भएको हो।

निर्देशिकामा राजदूत पदमा नियुक्त हुनका लागि स्नातक पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित राजदूत भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र नभेटिएपछि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाइ समितिमा छलफल भइरहेको स्रोतले बतायो ।

समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् ।

उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077