Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • श्रीलंकाका लागि प्रस्तावित राजदूतको स्नातक पासको प्रमाणपत्र भेटिएन

    श्रीलंकाका लागि प्रस्तावित राजदूतको स्नातक पासको प्रमाणपत्र भेटिएन

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 90
    SHARES

    काठमाडौं । श्रीलंकाका प्रस्तावित राजदूतको शैक्षिक योग्यताका प्रमाणपत्र नभेटिएपछि संसदीय सुनुवाइ समितिमा हंगामा भएको छ ।

    श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि हंगामा भएको हो।



    निर्देशिकामा राजदूत पदमा नियुक्त हुनका लागि स्नातक पास गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।



    प्रस्तावित राजदूत भट्टराईले स्नातक पास गरेको प्रमाणपत्र नभेटिएपछि अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाइ समितिमा छलफल भइरहेको स्रोतले बतायो ।

    समितिको बिहीबारको बैठकमा सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईको स्नातक गरेको प्रमाणपत्र नभेटिएको अवस्थामा के गर्ने भनी समिति सदस्यहरूलाई छलफल गर्न भनेकी छन् ।

    उनलाई राजदूतमा अनुमोदन गर्दा राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ विपरीत हुने कि नहुने भन्ने विषयमा छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार