Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३ असोज २०८१
  • 105
    SHARES

    फाइल तस्विर

    दाङ । घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने विनोद केसी रहेका छन्।



    लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए।



    मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई लमही अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए। घटनास्थल लमहीबाट करिब ५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार