Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

घोराहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बिहिवार , आश्विन ३, २०८१

दाङ । घोराही–लमही सडकखण्डको बेलदमारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराहीको नवलपुर बस्ने श्रवण कुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही ४ बस्ने विनोद केसी रहेका छन्।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकलमा सवार उनीहरु आज बिहान करिब सवा सात बजे लमही नगरपालिका–६ बेलदमारमा दुर्घटनामा परेका थिए।

मुख र टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थामा फेला परेका उनीहरुलाई लमही अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

चिकित्सकहरुले उनीहरुको मृत्यु भएको पुष्टि गरेका थिए। घटनास्थल लमहीबाट करिब ५ किलोमिटर उत्तर–पश्चिममा पर्दछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077