Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

आजदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

आजदेखि धरहरा खुला, निःशुल्क चढ्न पाइने

बिहिवार , आश्विन ३, २०८१

काठमाडौं । संविधान दिवसका अवसरमा आजदेखि अस्थायी रूपमा नवनिर्मित धरहरा सञ्चालनमा आएको छ । सरकारको निर्णय अनुसार आजदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो ।

अहिलेका लागि धरहरा चढ्न कुनै शुल्क नलाग्ने सहरी विकास तथा भवन विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जनाएको छ ।

त्यसको पूर्वसन्ध्यामा नेपाल सरकारका मन्त्रीहरूसहित सरकारी अधिकारीहरूले बुधबार धरहराको अवलोकन गरेका थिए । त्यसक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले धरहरा सञ्चालनको कार्यविधि बनेपछि पूर्णरूपमा सञ्चालनमा आउने बताए ।

अहिलेलाई एक दिनमा अधिकतम ५०० सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने व्यवस्था गरिएको छ । २०७८ साल वैशाख ११ मा केपी शर्मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । तर, पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077