Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

पक्राउ पुर्जी जारी भएपछि पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाई

पक्राउ पुर्जी जारी भएपछि पत्रकार सम्मेलन गर्दै दुर्गा प्रसाई

बुधवार , आश्विन २, २०८१

काठमाडौं । साइबर अपराध गरेको आरोपमा आफूमाथि पक्राउ पूर्जी जारी भएसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पत्रकार सम्मेलन गर्दैछन् ।

उनले अहिले भक्तपुरस्थित घरमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सर्लाहीमा बिहीवार प्रदर्शन गर्ने तयारी गरेका प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंबाट बुधवार पक्राउ पुर्जी जारी भएको छ । पछिल्ला दिनमा प्रसाईंले सरकारका कार्यशैलीसँगै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतविरुद्ध विभिन्न अभिव्यक्ति दिँदै आएका थिए ।

प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनालविरूद्ध पनि पुर्जी जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077