Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

बझाङ केन्द्रविन्दु भएर गयो भूकम्प

बुधवार , आश्विन २, २०८१

बझाङ । बझाङमा भूकम्पको धक्का महसुस भएको छ ।

खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।

बुधबार बिहान १० बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको माझिगाउँ दक्षिणतर्फ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

यसअघि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय केन्द्र बनाएर दुइवटा भूकम्पका धक्का महशुस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077